जनता टाइम्स

२९ असार २०८२, आईतवार १६:४०

काठमाडौं महानगरको बजेट असार ३२ गते पारित गरिने


काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाको बजेट यही असार ३२ गते पारित गरिने भएको छ । त्यसका लागि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा बैठक बताउनुभएको छ । महागरले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट पेस गर्नुभएको हो ।