विद्या भण्डारीको एमालेको सकृय राजनीतिमा आगमन र उहाँको जिम्मेवारी व्यवस्थापन एमालेको आन्तरिक विषय हो । अरूले बुझे हुन्छ, विद्या भण्डारी कसैको उक्साहट र लली पपमा हिँड्नु हुन्न, एमालेको संस्थागत निर्णय मानेर हिँड्नु हुन्छ । अरू किन धेरै फुर्किनु ?
निर्मल भट्टराई
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि वामवृत्तमा फरक तरङ्ग पैदा भएको छ । एमालेभित्र त खासै फरक परेको छैन किनभने पार्टीको मिसन पूरा गर्न विद्या भण्डारी जस्तो खारिएको व्यक्तित्वले पार्टी निर्माणमा योगदान पुर्याउँदा पार्टीलाई झन उचाइमा पुग्न सहज हुन्छ । उहाँको इतिहास हेर्दा सहजै अनुमान गर्न सकिन्छ –पार्टीले दिएको जिम्मेवारी विनाकुनै गुनासो उहाँले पूरा गर्नुहुन्छ । सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिएको वक्तव्यमा उहाँले ‘कुनै खास आकाङ्क्षा बोकेर सक्रिय हुन खोजेको होइन’ भन्नुभएको छ । जननेता मदन भण्डारीको विरासत र आफूलाई दुईपटक राष्ट्रपति बनाएको पार्टी एमाले भएको कारण बिद्या भण्डारीले एमालेलाई माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले लात हाने जस्तो त किमार्थ गर्नु हुन्न ।
नेपालको कम्युनिष्ट आन्दोलन विचारको नाममा जति विभक्त छ, त्यत्ति नै व्यक्तिगत महत्वाकाङ्क्षाको कारण नेपालका वामपार्टी विभाजन भएका छन् ।विद्या भण्डारीमा सके कसैलाई रातारात निषेध गरेर पार्टी सत्ता हत्याउने, नसके आफ्नो छुट्टै नाङ्लो पसल खोल्ने कुनै मनसाय देखिदैन । एमालेभित्र कतिलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको पार्टीको मार्गदर्शक सिद्दान्त जनताको बहुदलीय जनवाद विद्या भण्दारीको नेतृत्वमा मात्र जोगिन्छ र सम्मुन्नत हुन्छ भन्ने लागेको छ । त्यो गलत दृष्टिकोण हो, किनभने जबज कुनै परिवारको परिश्रमको उपज होइन, यो एमालेको सामुहिक उपज हो। यसमा यो तथ्य नभुलौं।
चालीसको दशकमा नेपालको कम्युनिष्ट आन्दोलनले विचारमा प्रष्ट भिन्नता निर्माण गर्यो ।तत्कालीन नेकपा मालेले आफ्नो ऐतिहासिक सिराहा महाधिवेशनले मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्दान्तको रूपमा स्वीकार्दै माओ विचारधारालाई आफ्नो मार्गदर्शक सिद्दान्त बनाउने निर्णय गर्यो । माओका विचारहरू चीनको पविशिष्ट परिस्थितिमा सही भएपनि सार्वभौमिक सच्चाइको रूपमा नेपाललगायत संसारका अन्य देशमा लागू हुन सक्दैनन भन्ने निष्कर्ष निकालेको थियो । यसको साथसाथै सो महाधिवेशनले विश्व कम्युनिष्ट आन्दोलनमा रहेको एकदलीयताको अभ्यासलाई अस्वीकार गरेको थियो । यसअर्थमा जबजको बिउ सिराहा महाधिवेशनमा रोपिएको थियो ।
०४९ मा सम्पन्न एमालेको पाचौं महाधिवेशनले मदन भण्डारीको अगुवाइमा नेपालको धरातलीय यथार्थमा लागू हुने जनताको बहुदलीय जनवादलाई अनुमोदन गर्यो । जननेता मदन भण्डारीको नेतृत्वमा भएका यी दुवै महाधिवेशनमा भएको महान वैचारिक विकासमा अरू नेताहरूको भूमिका थिएन, सामूहिक पहल थिएन भन्ने बहस कदापि तथ्यपरक हुनसक्दैन । विद्या भण्डारी पनि यसको पक्षमा हुनुहुन्न ।
बाफ रे बाफ ! कस्तो विश्लेषण ? कतिसम्म हावादारी तर्क ? यी विषाक्त विश्लेषणबाट एमालेका कोही तरङ्गित हुँदैनन् । एमालेभित्र विवाद सिर्जना गर्न सकियो भने, एमालेलाई कमजोर पार्न सकियो भने सक्किन लागेको आफ्नो नाङ्लो पसल चल्थ्यो कि भन्ने दुरासय को एमालेजनले बुझ्दैन र ? विचार र व्यवहारमा कुनै तालमेल नभएको कारण निरन्तर ओरालो लागिरहेको अर्को वामपन्थी दल नेकपा माओवादी केन्द्रमा पनि विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले राम रमाइलो थपेको छ । मानौं आमा बजारबाट ठूलै पोको कोसेली लिएर आउनु भएको छ !

एमालेमा पुनः सक्रिय हुने पूर्वराष्ट्रपति भण्डारीको घोषणाले केही वाम पार्टीमा अनौठो खुसियाली र नाचगान देखिन थालेकोछ । अकारण एमाले चोइट्याएर खोलिएको‘ एकीकृत समाजवादी’ नाङ्लो पसलका एक नेताले लेखे, ‘एमालेको प्रमुख नेतृत्वमण्डली, यसका नीति र कार्यक्रममा जतिसुकै दलाल र बिचौलिया हावी भएपनि यसको सांगठानिक संरचनामा हजारौँ देशभक्त, क्रान्तिकारी, वामपन्थी, समाजवादी र कम्युनिष्ट छन् ।’
संगठन एकातिर, नेतृत्व अर्कोतर्फ । परिणामस्वरूप त्यहाँ भयानक अन्तर्विरोध प्रकट भयो । त्यो अन्तर्विरोध कार्यकर्ता भर्सेस नेताका रूपमा देखिए पनि सिद्धान्ततः क्रान्तिकारी कम्युनिष्ट भर्सेस पुँजीवादी बिचौलिया कै हो । हो, त्यही बिचौलिया ताकत विद्या भण्डारीको पुनः पार्टी जीवनको निरन्तरताका लागि तगारो भएर उभिएको छ । आज एमाले दोबाटोमा छ । विद्यालाई रोकेर पूर्णबुर्जुवा पार्टी बनाउने कि पुनः वामपन्थी बाटोमा फर्किने ? यो विचारधारात्मक संघर्षको प्रसव पीडामा अहिले एमाले छट्पटिँदै छ।’
बाफ रे बाफ ! कस्तो विश्लेषण ? कतिसम्म हावादारी तर्क ? यी विषाक्त विश्लेषणबाट एमालेका कोही तरङ्गित हुँदैनन् । एमालेभित्र विवाद सिर्जना गर्न सकियो भने, एमालेलाई कमजोर पार्न सकियो भने सक्किन लागेको आफ्नो नाङ्लो पसल चल्थ्यो कि भन्ने दुरासय को एमालेजनले बुझ्दैन र ? विचार र व्यवहारमा कुनै तालमेल नभएको कारण निरन्तर ओरालो लागिरहेको अर्को वामपन्थी दल नेकपा माओवादी केन्द्रमा पनि विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले राम रमाइलो थपेको छ । मानौं आमा बजारबाट ठूलै पोको कोसेली लिएर आउनु भएको छ !
माओवादी केन्द्रका केही पदाधिकारी र सदस्यले भण्डारीको नेतृत्वमा वाम एकता हुन सक्ने भन्दै मुख मिठ्याउन थालेका छन् । तत्कालीन नेकपाको एकता हतारमा भयो, विचारमा ‘ग्रे एरिया’ राखेर भएको एकता सङ्कटमा पर्न सक्छ भन्ने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई लखेट्ने माओवादी वृत्त फेरि एकताको बेमौसमी बाजा बजाउन उद्दत छ ।
विद्या भण्डारीको एमालेको सकृय राजनीतिमा आगमन र उहाँको जिम्मेवारी व्यवस्थापन एमालेको आन्तरिक विषय हो । अरूले बुझे हुन्छ, विद्या भण्डारी कसैको उक्साहट र लली पपमा हिँड्नु हुन्न, एमालेको संस्थागत निर्णय मानेर हिँड्नु हुन्छ । अरू किन धेरै फुर्किनु ?

प्रतिक्रिया दिनुहोस्