जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार १७:२३

कम्प्युटर एशोसिएशन नेपाल महासंघको अध्यक्षमा नवराज कुँवरको उम्मेद्वारी घोषणा


काठमाडौँ, कात्तिक २६ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा बुटवल निवासी नवराज कुँवरले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी मंसीर ७ गते काठमाडौंमा हुने क्यान फेडेरेशनको १३ औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

हालका वरिष्ठ उपाध्यक्ष रहेका कुँवरले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सबै मतदाताको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताउनुभयो । क्यान फेडेरेशनमा ४३ सदस्यीय केन्द्रिय कार्य समिति छ ।

सोही कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ । कुँवरले सूचना र प्रविधिको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वको लागि उम्मेदवारी दिएको बताउनु भयो । कुँवर क्यानमा लामो समयदेखि सक्रिय अभियन्ता हुनुहुन्छ ।