जनता टाइम्स

३१ असार २०८२, मंगलवार २१:४३

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो


काठमाडौं, ३१ असार  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

नयाँ मूल्य समायोजनबारे जानकारी दिँदै निगमले भारतीय आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ मूल्य घटेर आएको हुँदा समायोजन गरिएको जनाएको छ।

नयाँ मूल्य लागू भएपछि उपभोक्ताहरूले पेट्रोल प्रतिलिटर ५ रुपैयाँ सस्तोमा खरिद गर्न सक्ने छन् भने डिजेल र मट्टितेल पनि १ रुपैयाँ सस्तो पर्नेछ। निगमले मूल्य समायोजन उपभोक्ता हितमा गरिएको दाबी गरेको छ।

यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा घटबढ हुँदा नेपालमा समेत त्यसको प्रभाव देखिँदै आएको छ। आयल निगमले मूल्य समायोजन गर्दा भारतको आईओसीबाट प्राप्त मूल्य सूचीलाई आधार मान्ने गर्दछ।