काठमाडौं, ३ साउन । पूर्वका केही ठाउँमा रातिदेखि ठूलो पानी परेको छ । इलाम र झापामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, बागमती र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू(भागका केही ठाउँ तथा बाँकी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज रातिदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आइतबार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्