जनता टाइम्स

३ श्रावण २०८२, शनिबार २२:१३

प्रेस चौतारीका नेताहरुको सह्रानीय काम, जन्मदिनमा जम्मा गरे पत्रकार कल्याणकारी कोषमा रकम


काठमाडौं, साउन ४ । प्रेस चौतारी नेपालका नेताहरुले जन्मदिनको फजुल खर्च कटाएर पत्रकार कल्याणकारी कोषमा रकम जम्मा गरेका छन । शनिवार उपमहासचिव हरिबल्लभ नेपालसहित चार जना केन्द्रीय नेताहरुले प्रेस चौतारी नेपालले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आफ्नो जन्मदिनको खर्च कटाएर रकम जम्मा गर्नुभएको हो ।

जन्मदिनमा उपमहासचिव नेपालले १० हजार रुपैयाँ पत्रकार कल्याणकारी कोषमा जम्मा गर्नुभएको अर्थसचिव प्रदीप आचार्यले बताउनु भयो । संगठनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपमहासचिव नेपालले अर्थसचिव आचार्यलाई रकम हस्तान्तरण गर्नुभयो ।

यसैगरी सचिव नरेश भण्डारीले १० हजार रुपैया रकम जम्मा गर्नुभयो । शनिवार नै जन्मदिनको अवसरमा पूर्वसचिव तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु शर्मा धमलाले २५ हजार रुपैया जम्मा गर्नुभएको छ । शर्मा केन्द्रीय सदस्य तथा अर्थबिभागका उपप्रमुख पुस्कर बस्नेतले १० हजार रुपैयाँ जम्मा गर्नुभएको आचार्यले जानकारी दिनुभयो ।

चारै जना नेताले सो रकम अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामासहितका नेताहरुको रोहवरमा हस्तान्तरण गर्नुभएको हो ।प्रेस चौतारी नेपालले तीन बर्ष अघिबाट पत्रकार कल्याणकारी कोषमा स्वेच्छिक रुपमा रकम जम्मा गर्ने निर्णयसहित यो अभियान सञ्चालन गर्दैआएको छ । जन्मदिनको फजुल खर्च नगर्ने अठोटसहित सञ्चालित यस अभियान अव देशभर लैजाने महासचिव हिरामान लामाले बताउनु भयो ।