जनता टाइम्स

८ श्रावण २०८२, बिहीबार १४:२९

एकाएक भाइरल बनिन ‘गुलेली मास्टर’ नविना


काठमाडौं, साउन ८ । नेकपा एमालेकी केन्द्रीय सदस्य नवीना लामा सामाजिक सञ्जालमा एकाएक भाइरल बन्नुभएको छ ।

राजतन्त्र विरोधी आन्दोलनमा प्रहरीलाई गुलेली ताकेर ‘गुलेली मास्टर’ का रूपमा चर्चामा आएकी तत्कालीन विद्यार्थी नेतृ नवीना नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन नमिल्ने निर्णय गरेको भोलिपल्ट प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा एकाएक रुन थालेको दृश्य बाहिरिएपछि नवीना भाइरल बन्नुभएको हो । अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीनाले एमाले केन्द्रीय कमिटी बैठकमा केपी ओलीको विकल्प छैन भन्ने प्रष्ट धारणा राख्नुभएको थियो ।

बैठक चलिरहेकै बेला खाजा ब्रेकको समयमा सञ्चारकर्मीसँग लामाले आफू केपी ओलीकै पक्षमा रहेको र केपी ओलीको विकल्प खोज्न नसकिने निष्कर्ष बैठकमा राखेको जानकारी दिनुभएको थियो । पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय गराएर एमालेको अध्यक्ष बनाउने उद्घोषसहित हिँड्नुभएका पूर्वसञ्चारमन्त्री तथा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको जिल्लावासी नवीना भएको कारण पनि टेलिभिजनको ‘रोनाधोना’ चर्चामा रहेको छ । काभ्रेमा नवीना बाँस्कोटा निकटका रूपमा परिचित हुनुहुन्छ ।

केन्द्रीय कमिटी बैठकमा भने नवीनाले पूर्वराष्ट्रपतिको पक्ष लिनुभएन । नवीनाले बैठकमा ‘केपी बासँग नसोधी घोषणा गरेर दिदीले गल्ती गर्नुभयो, साथ दिन सकिन्न’ भन्ने निष्कर्ष सुनाउनु भयो । उहाँजस्तै अधिकांशको भनाई यही थियो । तर टेलिभिजनमा विद्या भण्डारीलाई राजनीतिमा आउन रोक लगाउँदा नवीनाको मर्माहत भन्ने सन्देशको भिडियो बाहिरिएपछि चर्चा चुलिएको हो । एमाले पार्टी कार्यालय च्यासलमा मंगलवार सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेको थियो ।

पुष्पलालले बनाएको पार्टीमा पुष्पलालसँग अध्यक्ष कमरेड ओली र सम्मानीय पूर्वराष्ट्रपतिको तुलना पनि भएको हो । तर, तिनै व्यक्ति लडेर आज यस्तो भयो भन्ने कुराले मन सम्हाल्न सकिन,’ लामाले भन्नुभयो, ‘यस्तो लडाइँले हामी सबैको सपनामाथि तुषारापात होला कि भनेर भावुक भएकी थिएँ ’

 

एमालेको सो निर्णयसँगै भण्डारीको पार्टी पुनरागमनको च्याप्टर क्लोज भएको छ । यही सन्दर्भमा पूर्वसांसदसमेत रहनुभएकी नवीनाले प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्ता आवश्यकताभन्दा बढता भावुक बनेर एकाएक चर्चामा आएको छ । भण्डारीलाई पार्टीले सक्रिय राजनीतिमा बन्देज लगाएपछि लामाको भक्कानो शीर्षकमा अन्तर्वार्ता सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नवीना सर्वाधिक खोजीको सूचीमा पर्नुभएको छ ।

नवीनाले भने आफू विद्या भण्डारीलाई रोकेको विषयले भावुक बनेर आँसु नखसालेको बताउनु भयो । आफू दिवङ्गत नेता पुष्पलाल श्रेष्ठलाई सम्झेर भावुक भएको र एमालेमा अत्यन्तै मिल्ने दुई नेताको लडाई देखेर मन कुडिएको नवीनाको तर्क छ । पुष्पलालले बनाएको पार्टीमा पुष्पलालसँग अध्यक्ष कमरेड ओली र सम्माननीय पूर्वराष्ट्रपतिको तुलना पनि भएको हो । तर, तिनै व्यक्ति लडेर आज यस्तो भयो भन्ने कुराले मन सम्हाल्न सकिन,’ लामाले भन्नुभयो, ‘यस्तो लडाइँले हामी सबैको सपनामाथि तुसारापात होला कि भनेर भावुक भएकी थिएँ ।’

विद्या भण्डारी सक्रिय राजनीतिमा आउने कुरा नराम्रो होइन । तर, अध्यक्ष पदमै अगाडि बढ्छु भन्ने कुरा सान्दर्भिक भएन । राजनीतिमा आउँछु भन्ने कुरा त स्वागतयोग्य हो । केपी ओली र विद्या भण्डारी प्रतिस्पर्धी होइनन् । ओलीलाई ओली बनाउन विद्याको सहयोग छ र विद्यालाई विद्या बनाउन ओलीको सहयोग छ भन्ने दुनियाँमा स्थापित भएको तथ्य हो,’ लामाले भन्नुभयो ।

नवीनाले समृद्ध नेपाल : सुखी नेपालीको परिकल्पना गरेर काम गरिरहँदा केपी ओली र भण्डारीबिचको लडाइँले भविष्य अन्धकार भयो भनेर भनेर भावुक भएको बताउनु भयो । चर्चामा आउन त होइन नि भन्ने प्रश्नमा नवीना थप भावुक बन्नुभयो ।

‘पूर्वराष्ट्रपति राजनीतिमा फर्कने हो भने नेतृत्वसँग कुरा गरेर, सल्लाह गरेर आउनुपर्थ्यो । तर, सबै थोक यति अचानक भयो कि हाम्रो पार्टीलाई कमजोर बनाउन चाहनेहरूलाई खेल्न सजिलो भयो, यो कुराले साह्रै पीडा भएको छ,’ नवीनाको भनाई छ । नवीनाले अहिले केपी ओलीको विकल्प नभएको निष्कर्षमा आफू अडिग रहेको पुनः दोहोर्‍याउनु भएको छ ।

‘विद्या भण्डारी सक्रिय राजनीतिमा आउने कुरा नराम्रो होइन । तर, अध्यक्ष पदमै अगाडि बढ्छु भन्ने कुरा सान्दर्भिक भएन । राजनीतिमा आउँछु भन्ने कुरा त स्वागतयोग्य हो । ‘केपी ओली र विद्या भण्डारी प्रतिस्पर्धी होइनन् । ओलीलाई ओली बनाउन विद्याको सहयोग छ र विद्यालाई विद्या बनाउन ओलीको सहयोग छ भन्ने दुनियाँमा स्थापित भएको तथ्य हो,’ लामाले भन्नुभयो ।