काठमाडौं, ७ साउन । रुसमा बेपत्ता भएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा परेर विमानमा सवार सबै करिब ५० जनाको मृत्यु भएको आशंका गरिएको छ ।
रुसी अधिकारीहरूका अनुसार, साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको विमानमा बालबालिकासहित ४३ जना सवार थिए । क्षेत्रीय गभर्नर भासिली ओर्लोभले विमानमा पाँच बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य सवार रहेको बताएका छन् ।
विमान उत्तरी रुसको घना जंगलमा दुर्घटनाग्रस्त भएको रोयटर्सले जनाएको छ । हेलिकोप्टरबाट कैद गरिएको भिडियो फुटेजमा दुर्घटनास्थलबाट धुवाँ आइरहेको देख्न सकिन्छ ।विमान झन्डै ५० वर्ष पुरानो रहेको जनाइएको छ । विमान सन् १९७६ मा निर्माण गरिएको थियो । यस विमानलाई सन् १९९१ मा सोभियत संघको पतनअघि सोभियत ध्वजावाहक एयरलाइन्स एरोफ्लोटले सञ्चालन गरेको थियो ।
विमान ब्लागोभेसेन्स्क सहरबाट चीनसँगको सीमामा पर्ने टिन्डातर्फ गइरहेको थियो । अवतरणको तयारी गरिरहेका बेला विमान राडारबाट हराएको थियो ।
रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, सबैको मृत्यु भएको आशंका













प्रतिक्रिया दिनुहोस्