जनता टाइम्स

१० श्रावण २०८२, शनिबार ०७:१२

त्रिदेशीय टी– २० क्रिकेटको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै


काठमाडौँ, साउन १० ।  टी–२० त्रिदेशीय शृङ्खलाको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् ।

जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुकी पौन ५ बजे शुरू हुनेछ ।

शृङ्खलामा अहिलेसम्म अपराजित रहँदै आएको न्युजिल्यान्ड उपाधि कब्जा गर्ने लक्ष्यमा छ भने यसअघि न्युजिल्यान्डसँगै पराजित भएको दक्षिण अफ्रिका बदला लिँदै उपाधि जित्ने योजनामा छ ।