काठमाडौं, साउन ११ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्दा अताल्लिएका शक्तिहरुले नै पार्टीभित्र अस्थिरताको हावा चलाएको ठोकुवा गर्नुभएको छ ।
पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको बिषयमा पार्टीभित्र बहश भइरहेको र सो बहशलाई केन्द्रीय कमिटीले टुंगो लगाएपछि अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो ।शनिवार राती कर्णाली प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुसँगको तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले पार्टीभित्रको अस्थिरताको हावाको सवै पक्षबारे खुलेर जानकारी गराउनु भएको थियो ।
सो क्रममा उहाँले राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय कामहरु देखेर अत्तालिएका शक्तिहरुकै कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको ठोकुवा गर्नुभएको हो ।
‘राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय कामहरु देखेर अत्तालिएका शक्तिहरुकै कारण पार्टीभित्र अस्थिरताको हावा चलाइएको छ । त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिंगो एमालेका लागि दुःखद कुरा हो । किन लाग्नुभयो, म आफै चकित परेको छु,’ छलफलमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्स डटकमसँग भने । एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीले अध्यक्ष ओलीले यस बिषयमा सबिस्तार जानकारी गराउनु भएको थियो ।
‘पार्टीको महत्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेको महामहिम पुर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभएको छ, त्यो हामी एमालेले कल्पना पनि गरेका थिएनौं’, प्रधानमन्त्री आलीको भनाई उधृत गर्दै उहाँले भन्नुभयो, ‘लामो समय जारी राजनीतिक संघर्षको उपलब्धी (संघीय लोकतान्त्रीक गणतन्त्र) को प्रतिकका रुपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ ।’
राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय कामहरु देखेर अत्तालिएका शक्तिहरुकै कारण पार्टीभित्र अस्थिरताको हावा चलाइएको छ । त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिंगो एमालेका लागि दुःखद कुरा हो । किन लाग्नुभयो, म आफै चकित परेको छु

देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नविकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण नवौ केन्द्रीय कमिटीमार्फत एमालेपछिल्लो निर्णयमा पुग्नु परेको पनि अध्यक्ष ओलीले प्रष्ट पार्नुभएको छ ।
सो छलफलमा अध्यक्ष ओलीले पार्टीभित्र सिर्जना गर्न खोजिएको कृत्रिम बिवादको अन्त्य भइसकेको भन्दै हावाको पछाडि नलागी कर्णालीका दशवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न एक सुत्रीय अर्जुनदृष्टिका साथ लाग्न निर्देशन दिनुभएको छ ।
आफूले पार्टीको नेतृत्व सम्हालेको सेकेण्ड देखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने ?, कसरी राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने ? भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको पनि उहाँले उल्लेख गर्नुभएको छ । यस्तै प्रधानमन्त्री ओलीले एमालेको अबको ध्यान ८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा पनि जोड दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्