जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १२:२५

एमसीसी इमर्जिङ एसिया कप : नेपालद्वारा भारतसामु जितका लागि १९४ रनको सामान्य लक्ष्य प्रस्तुत


काठमाडौं, कात्तिक २८

एमसीसी इमर्जिङ एसिया कपको पहिलो खेलमा नेपालले भारतसामु जितका लागि १९४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १९३ रन बनाएको हो ।

भारतविरुद्ध नेपाली टिमका युवा अलराउन्डर पवन सरार्फले शानदार अर्धशतक पूरा गरे । उनले ४९ बलमा ५६ रन बनाउदै आउट भए । सरार्फले आफ्नो पारीमा ७ चौका र दुई छक्का प्रहार गरेका थिए । उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए । उनको यो सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय अर्धशतक समेत हो । अरु अनुभवी ब्याट्सम्यान टिकेर नखेलिरहेको अवस्थामा पवनले भने उत्कृष्ट ब्याटिङ र आक्रमक ब्याटिङ गरेका थिए ।

नेपालका लागि शरद भेषवाकर ४४, दीपेन्द्रसिंह ऐरी २४, विनोद भण्डारीलाई ५, कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य, कुशल भुर्तेललाई २८ र आरिफ शेख २ रनमा आउट भए । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् । यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो ।