जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १०:३८

एनसेलको लाभकर : सर्वोच्चले फैसलाको पूर्णपाठ सुनाउदै


काठमाडौँ, कात्तिक २९

सर्वोच्च अदालतले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादका सम्बन्धमा फैसलाको पूर्णपाठ सुनाउने तयारी गरेको छ । फैसलाको पूर्णपाठ नआउदा उसले कति कर तिर्नुपर्ने भन्ने निक्र्यौल हुन सकेको छैन ।

एनसेलबारे सर्वोच्चको संक्षिप्त आदेश यसअघि नै आए पनि फैसलाको पूर्णपाठ भने आज सुनाउने तयारी भएको स्रोतले जानकारी दिएको छ । यसअघि सर्वोच्चले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने संक्षिप्त आदेश सुनाएको थियो ।
अदालतको उक्त आदेश बदनीयतपूर्ण रहेको भन्दै संसदीय समितिले अध्ययन गर्न समिति गठन गरेका थिए भने राजनीतिक तहमा तीव्र विरोध भएको थियो ।

आज सर्वोच्चले सुनाउने फैसलाको पूर्णपाठलाई अत्यन्त चासोका साथ हेरिएको छ । मंसिर लागेपछि एनसेलले एक महिनाको थप कर तिनुपर्ने भएकोले सकभर आजै पूर्णपाठ सुनाइने तयारी भएको श्रोतले बताएको छ । यद्यपी पूर्णपाठका विषयमा सबै न्यायाधीशको एकमत भने नभएको बताइएको छ । जसका कारण फैसलाको पूर्णपाठ सार्वजनिक गर्ने कार्यसूचि आज सर्न सक्ने पनि बताइएको छ ।