जनता टाइम्स

२० श्रावण २०८२, मंगलवार १२:१०

पूर्वउपाध्यक्ष श्रेष्ठले छाडिन् नेकपा एकीकृत समाजवादी


काठमाडौं, २० साउन ।  नेकपा एकीकृत समाजवादी (एस) काभ्रेकी नेतृ कल्पना श्रेष्ठले परिवारसहित पार्टी छाडेको घोषणा गर्नुभएको छ ।

फेसबुकमा स्टाटस लेख्दै उहाँले पार्टी सोचेको भन्दा फरक पाएकोले आजैबाट आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको उल्लेख गर्नूभएको छ । कल्पना २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट भुम्लु गाउँपालिका उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

२०७८ को पार्टी विभाजनमा उहाँले नेकपा एसमा सनाखत गर्नुभएको थियो ।परिवारका सदस्य शान्ता श्रेष्ठ, मुना श्रेष्ठ, सीतादेवी श्रेष्ठ, लक्ष्मीभक्त श्रेष्ठ, सनिस श्रेष्ठ, विवेश श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र रामगोपाल श्रेष्ठले पनि आफूसँगै पार्टी परित्याग गरेको उहाँले लेख्नुभएको छ ।