जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार १०:१०

हङकङविरुद्ध नेपालको खराब शुरुवात, ज्ञानेन्द्रको खराब फर्म जारी


काठमाडौं, कात्तिक ३०

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम एसिया कप अन्तर्गतको दोस्रो खेलमा नेपाल अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले खराब सुरुवात गरेपनि अहिले सम्हालिएको प्रर्दशन गरिरहेको छ । पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा नेपालको स्कोर ३ रन मात्रै थियो । कुशलले बिहीबार भारतविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका थिए । ज्ञानेन्द्र भने भारतविरुद्ध पनि पहिलो ओभरको दोस्रो बलमा शून्य रनमै आउट भएका थिए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले सम्मालिएर खेलिरहेका छन् । यो समाचार तयार पर्दा नेपालले २१ ओभरमा दुई विकेट गुमाए ८२ रन बनाएको छ । पहिलो खेलमा भारतको यू–२३ टोलीसँग ७ विकेटको हार व्यहोरेको नेपाललाई समूह चरण पार गर्न आजको खेल जित्नैपर्ने हुन्छ।