जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार १७:४९

त्रिवि क्रिकेट मैदानमा सचिन तेन्दुलकरको ब्याटिङ(फोटोफिचर)


काठमाडौं, कात्तिक ३० । क्रिकेटका जादुगर भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेल्नुभएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा तेन्दुलकर शुक्रबार राति साढे १० बजे नेपाल आउनुभएको हो । बालअधिकार वकालतका लागि मैत्रीपूर्ण क्रिकेट आज आयोजना गरिएको हो । तेन्दुलकरले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दाससम्मिलित मैत्रीपूर्ण खेल खेल्नुभयो । १० ओभरको उक्त खेलमा बालबालिकाहरु पनि सहभागी थिए । तस्विरमा यस्तो देखियो त्रिबि क्रिकेट मैदानमा तेन्दुलकरको ब्याटिङ ।