जनता टाइम्स

३० श्रावण २०८२, शुक्रबार २३:३५

कतारमा रहेका नेपालीको गौरव जुनु प्रसाई


कतार, साउन ३० । कतारमा कार्यरत नेपाली छोरी जुनू प्रसाईं अन्तराष्ट्रिय गायन प्रतियोगिता मेरो भ्वाइस युनिभर्स  (Mero voice univesr) प्रतियोगिताको छनोट भई उत्कृष्ट प्रदर्शन गर्नुभएको छ ।

मध्यपूर्वमा बसोवास गर्दै आएका करिव २२ लाख नेपालीहरूको गौरव बढाउँदै जुनूले प्रतियोगितामा उत्कृष्ट गायन कला प्रदर्शन गर्नुभएको हो । नेपाली चेली जुनूले यति ठूलो अन्तरराष्ट्रिय गायन प्रतिस्पर्धामा छनोट भएर आफ्नो अब्बल कला प्रस्तुतिसँगै नेपाली कला र संस्कृति जोगाउन कोशिस समेत गर्नुभएको छ ।

यसैबीच जुनूलाई बिजयी बनाउन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले सवैलाई जुनुलाई बिजयी बनाउन सवै नेपालीमा अपिल गर्नुभएको छ । ‘जुनुले नेपालीको गौरव बढाउनु भएको छ । सम्मान छ जुनु प्रसाईंलाई,’ पोखरेलले भन्नुभयो, ‘हामी सबै गर्व गर्छौं कि तपाई हाम्रो चेली हुनुहुन्छ । सबै मध्यपूर्वमा रहेका नेपालीहरुले सहयोग गरेर उहाँलाई विजयी बनाउनु हामी सबैको जिम्मेवारी हो भन्ने कुरा मनन गरेर उहाँलाई जिताउनका लागि सम्पूर्ण संघ तथा ब्यक्तिहरु मा हार्दिक अनुरोध गर्दछु ।’

जुनूको सफलता केवल एक ब्यक्तिको नभएर मध्यपूर्वमा रहेको नेपाली सम्पूर्ण दाजुभाई दिदीबहिनीको सफलता भएको भन्दै पोखरेलले दिल खोलेर जिताउने अभियानमा लाग्न आग्रह पनि गर्नुभयो ।

‘हामीले देशको रेमिट्यान्स मात्र होईन परि आएको बेला जे कुरा मा पनि साथ दिन सक्छौँ भनेर साबित गर्ने यो एउटा राम्रो अवसर हो,’ जुनुलाई सहयोगको अपिल गर्दै पोखरेलले भन्नुभयो, ‘हामी सबै मिलेर यो अभियान सफल पारौँ ।’