काठमाडौं, भदाै १ । अर्थ मन्त्रालयले सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रवार गरिएको निर्णय अनुसार १२ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।
अर्थ मन्त्रालयमा अनुसार सरुवामा सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाइएको छ ।
यसैगरी भन्सार विभागका महानिर्देशक महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखका रूपमा सरुवा गरिएको छ । उहाँको ठाउँमा मन्त्रालयमा सहसचिव श्यामप्रसाद भण्डारीलाई पठाइएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय प्रमुखमा टंकनाथ लम्साललाई खटाइएको छ । भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।
यसैगरी दीपक लामिछानेलाई उपमहालेखा नियन्त्रकको जिम्मेवारीमा खटाइएको छ । रमेश अर्याल आन्तरिक राजस्व विभाग उपमहानिर्देशक बनाइएको छ । जनकराज शर्मालाई समेत उपमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।
यस्तै दीलिपकुमार गौतम ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पदमकुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ । सरुवामा वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जिम्मेवारी पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्