काठमाडौँ, भदौ १ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भाषागत समावेशीले संघियताको मर्मलाई संबोधन गर्ने बताउनुभएको छ ।
काठमाडौँमा आज तामाङ पत्रकार संघले आयोजना गरेको ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजति तामाङ मिडिया अवार्ड–२०८२ कार्यक्रममा संबोधन गर्दै मन्त्री गुरुङले अरु क्षेत्रमा भन्दा सरकारी सञ्चार माध्यममा समावेशी नीति प्रभावकारी देखिएको बताउनुभयो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङका अनुसार रेडियो नेपाल, नेपाल टेलिभिजन, गोर्खा पत्र र रासस जस्ता सरकारी माध्यममा मातृभाषाको समावेशी थप्ने कार्य तिब्र भइरहेको सुनाउनुभयो ।
जस अन्र्तगत गोर्खा पत्रमा हाल सम्म ४५ वटा माभृभाषामा समाचार संप्रेषण भइरहेको, रेडियो नेपालमा २५ वटा मातृभाषाहरु र राससमा हाल सम्म नेपाल भाषा र मैथीली मातृभाषामा समाचार सेवा विस्तार सुरु गरिएकोछ । सञ्चार मन्त्री तामाङले सञ्चार माध्यममा भाषागत समावेशी गर्ने कार्यलाई मुख्य प्राथमिकताकासाथ अघि बढाइएको बताउनुयो ।
जस अन्र्तगत यो वर्ष नै राससमा तामाङ भाषाको समाचार सेवा विस्तार गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
त्यस्तै, उहाँले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामार्फत समितिमा छलफलको क्रममा रहेको मिडिया विधेयक काउन्सील अलगभ अन्तिम निस्र्कषमा पुगेको बताउनुभयो ।
यसकासै मन्त्रालयले भर्खरै एआई नीति मन्त्रीपरिषद्बाट पास गरेको र अब छिट्टै नै कार्यान्व्यन गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । सरकारले डिजीटल फ्रेमवर्क नेपालको परिकल्पनालाई साकार पार्न एआइ नीतिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने पनि उहाँको धारणा थियो ।
एआइ नीति लागु गर्नका लागि आवश्यक पर्ने भौतिक संरचनाको निर्माण गर्ने, फो जी नेटवर्कलाई तिब्र पार्दै फाइभ जि नेटवर्ककको सुरुवात गर्ने, डाटा सेन्टहरु खोल्ने र आवश्यक आइटि जनशक्तीको निर्माण गर्ने लगायतका योजना अन्र्तगत मन्त्रायले गृहकार्य गर्दै आएको विश्वास समेत मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका उप–सम्पादक टिकाराम तामाङ र धनकुटाका रेडियो पत्रकार मालति मोक्तानलाई यस वर्षको तामाङ मिडिया अवार्डले पुरस्कृत गरिएको थियो ।
सञ्चार मन्त्री गुरुङले पत्रकार द्वेयलाई तामाङ र मोक्तानलाई पुरस्कार हस्तान्तरण गरि प्रोत्साहन गर्नुभएको थियो । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सीचाइ मन्त्री कृष्ण कुमार तामाङले तामाङ भाषालाई सरकारी कामकाजमा कार्यान्व्यन गराउन आफु प्रयत्नशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले अवार्ड प्रदानमार्फत संघले तामाङ समुदायका पत्रकारको संरक्षण, प्रवद्र्धन बृद्धि विकासमा सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्