जनता टाइम्स

१ मंसिर २०७६, आईतवार ०९:२५

सचिनद्वारा पशुपतिनाथको दर्शन


काठमाडौं, मंसिर १

नेपाल भ्रमणमा रहनु भएका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करले पशुपतिनाथको दर्शन गर्नुभएको छ । उहा आज विहान पशुपतिनाथको दर्शनका लागि त्यहा पुग्नु भएको थियो ।

शुक्रबार राति नेपाल आइपुग्नु भएका तेन्दुल्कर बिहानै पशुपतिनाथ पुगेर दर्शन गर्नुभएको छ । संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी अभिसन्धि पारित भएको ३० औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन युनिसेफ नेपालले सचिनलाई काठमाडौं ल्याएको हो। सचिन युनिसेफको दक्षिण एसियाका सद्भावना राजदूत हुनुहुन्छ । उहाले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेटसमेत खेल्नु भएको थियो ।