गणेश आचार्य/दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्वर ५ का कालुराम चौधरी उमेरले ७६ बर्ष पुगे । सोही ठाउँकी खिरिया चौधरी ६४ बर्ष पुग्नुभयो । तर, उपनिर्वाचनको प्रचारप्रसारमा उहाँहरु दुवैको सक्रियता २०/२५ बर्षका जवान भन्दा कम छैन । दुवै बृद्धबृद्धाहरु भर्खरका नौजवान युवा जस्तै चुनावको प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ ।
अघिपछि बिहान ८ बजेसम्म सुत्ने चौधरीहरु चुनाव प्रचारप्रसार सुरु भएदेखि ५ बजे नै उठनुहुन्छ । आफ्नो नित्यकर्म सकेर लौरी टेक्दै भोट माग्न गाउँतिर लाग्नुहुन्छ । कालुराम आईतबार बिहानै रगैँचामा चुनाव प्रचार प्रसारमा भेटिनुभयो । ‘कसलाई भोट…. माग्दै हुनुहुन्छ ?’ जनताटाइम्स संम्वाददाताको प्रश्न नसकिदै दुवै जनाले तुरुन्तै जवाफ फर्काउनुभयो, ‘सूर्यमा भोट माग्न आएको नाती ।’ कांगेसले लामो समय शासन चलाउँदा गाउँमा विकास नभएकोमा उहाँहरु रुष्ट हुनहुन्छ ।
नेकपाले चुनाव जितेपछि गाउँमा बिजुली पुग्नेदेखि नयाँ बाटो बनेको र विकासले गति लिएको कारण सूर्यमा भोट माग्दै गाउँतिर लागेको उहाँहरुको भनाई छ । ‘काँग्रेसले धेरै सरकार चलायो । तर, विकास गरेन,’ उहाँहरुले भन्नुभयो, ‘कम्युनिस्टले जितेपछि हाम्रो गाउँमा विकास भइरहेको छ, बिजुली आयो, बाटो बन्यो, पुलपुलेसा बने ।’ यसअघिको चुनावमा सो क्षेत्रबाट प्रदेशसभामा उत्तरकुमार वलीबाट विकासको अपेक्षा धेरै गर्नुभएको थियो ।
उत्तरलाई जितायौं, विकासगर्दै थिए, उनी बिते । अब उनकी श्रीमती विमलालाई जिताउँछौँ बिकाशको काम पूरा गराउन,’ चौधरीद्वयले भन्नुभयो, ‘उत्तरले पूरा गर्न बाँकी रहेका विकास विमलाले गर्नुपर्छ भनेर सूर्यमा भोट माग्दै हिडेका नाती ।’
‘उत्तरलाई जितायौं, विकासगर्दै थिए, उनी बिते । अब उनकी श्रीमती विमलालाई जिताउँछौँ बिकाशको काम पूरा गराउन,’ चौधरीद्वयले भन्नुभयो, ‘उत्तरले पूरा गर्न बाँकी रहेका विकास विमलाले गर्नुपर्छ भनेर सूर्यमा भोट माग्दै हिडेका नाती ।’ विगतमा काँग्रेसलाई जिताउँदा विकासभन्दा विनाश भएको उहाँहरुको बुझाई छ । ‘बजेट त काँग्रेसलाई जिताउँदा पनि आउँथ्यो,’ कालुरामले भन्नुभयो, ‘तर, विकास कहिल्यै भएन । विकासमा लगाउने पैसा आफ्नो गोजीमा हाले ।’ उहाँहरुलाई समानताको व्यवहारका कारणले पनि कम्युनिष्ट मनपर्ने रहेछ । काँग्रेसले क्षत्री र बाहुन बाहेकको जातीका मान्छेलाई तल्लो दर्जाको व्यवहार गर्ने भएकाले पनि काँग्रेससँग जनता रुष्ट हुँदै गएका छन ।
‘काँग्रेसले जातकै कारण मान्छे छुट्याउँछन,’ दुवै जनाले भन्नुभयो, ‘कम्युनिष्टले सबैलाई बराबर मान्छन् । कसैलाई भेदभाव गर्दैनन् ।’ समानता र विकासका लागि यसपटक नेकपाकी उमेद्वार विमला वलीलाई मतदान गर्ने र अरुलाई पनि यही भन्ने उहाँहरुको दैनिकी बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्