जनता टाइम्स

२ मंसिर २०७६, सोमबार ११:५३

भक्तपुरमा नेकपाको आक्रमक चुनावी अभियान : हरेक मतदाताका घरमा शिर्ष नेता


भक्तपुर, मंसिर २

उपनिर्वाचनको मिति नजिकिदै गर्दा भक्तपुरमा नेकपाले चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । मंसिर १४ गते हुन गईरहेको चुनावलाई मध्यनजर गर्दै नेकपाले अहिले प्रत्येक घर घरमा पुगेको छ ।

भक्तपुर क्षेत्र नं. १ (क)का जनता समक्ष नेकपाका नेताहरु दैनिक रुपमा जोडिने गरेका छन् । निर्वाचन प्रचार प्रसार समितीको आयोजना सोमबार चाँगुनारायण नगरपालिकाको वडा नं. ४ मा आयोजीत चुनावी प्रचार प्रसार कार्यक्रममा नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपाका प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत सहभागी हुनु भएको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले नेकपा विकास र समृद्धिको साथमा राष्ट्रियतालाई सुदृढ गर्न सक्ने पार्टी भएको उल्लेख गर्नुभयो । देशमा नै रोजगारी तथा आर्थिक समृद्धिका विशेष अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै उहाँले देशमा नै उत्पादनको विकास गरी बजारको विस्तार गर्न सक्ने एउटै मात्र पार्टी नेकपा भएको ठोकुवा गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सांसद बस्नेतले डिपी ढकाल विजय उन्मुख रहेको जानकारी गराउँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको लागि नेकपाको अर्को कुनै विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपाको उम्मेदवार डिपी विजयी उन्मुख हुनुहुन्छ । ढकाल १० केजी तौलको हो भने अरुको उम्मेदवार एक केजीको मात्र हो ।’ उहाँले भक्तपुरको समृद्धिको सहजिकरण गर्ने नेकपाको उम्मेदवार ढकाल बताउनुभयो ।