जनता टाइम्स

२ मंसिर २०७६, सोमबार १२:०३

बंगलादेशको यु–२३ विरुद्ध नेपालको खराब ब्याटिङ, १३९ रनको लक्ष्य


काठमाडौं, मंसिर २

एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले बंगलादेश यु–२३ टोलीलाई जितका लागि १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ । सेमिफाइनल पुग्न जित्नै पर्ने दवावमा रहेको नेपालले पुन एक पटक कमजोर ब्याटिङ गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनायो । सोमपाल कामी बाहेक अन्य खेलाडीले राम्रोसँग खेल्न सकेनन् । उहाले ४ चौका प्रहार गर्दै ६३ बलमा सर्वाधिक ३८ रन जोडे । सोमपाल र कारण केसीले नवौं विकेटका लाग ५० रनको साझेदारी गरेका थिए ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गरे । भुर्तेल १० रनमा आउट भए । त्यसलगत्तै २ रन जोड्दा नेपालले थप २ विकेट गुमायो । अर्का ओपनर मल्ल २२ रनमा आउट भए भने शरद १ रनमा मैदान बाहिरिए ।

यस्तै कारणले १८, आरिफ शेख ११, कुशल भुर्तेल १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३–३ विकेट हात पारे ।

यस्तो छ नेपालको ब्याटिङ स्कोरकार्ड