बेल्जियम, भदौ १० । प्रवासी नेपाली मञ्च (ओएनएफ) स्लोभाकियाको अध्यक्षमा रुद्र किसनलाई निर्वाचित गरेको छ ।
मञ्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा गोकर्ण भट्ट, उपसचिवमा तिलकप्रसाद शर्मा न्यौपाने र रवि रिमाल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा प्रकाश भण्डारी, सन्तोष रानामगर, जीवन भट्टराई, धर्मेन्द्र दाहाल, शरु भट्टराई घिमिरे, काशीराम तिवारी, दिपेश खत्री (राज), मुकेश लामा, तारा खड्का, उमेश बास्तोला, विमल भण्डारी र विजय शर्मा चयन हुनुभएको छ । यसैगरी सुजन खत्री, नितु खत्री, अनमिका खड्का, देव विक, लुमप्रसाद तिवारी, प्रयाशराज खनाल, रामजी रानाभाट, अजय भट्टराई, मन्दिप खत्री, मेनुका लम्साल, योगेश गुरुङ, धनुसुबा गुरुङ, भागीराम डाँगी र टेकराज भण्डारी सदस्यमा चयन हुनुभएको छ ।
प्रवासी नेपाली मञ्च युरोप कमिटीका सचिव शालिकराम थपलियाको संयोजन र सञ्चालनमा सम्पन्न भएको भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य एवं युरोप-अमेरिका इञ्चार्ज घनश्याम पाण्डे प्रमुख अतिथि हुनुहुन्थ्यो । यसैगरी विशेष अतिथिमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिव एवं संगठन विभाग प्रमुख हेम शेर्पा र उपसचिव एवं प्रचार विभाग प्रमुख चानक पोखरेल हुनुहुन्थ्यो ।

यसैगरी प्रवासी नेपाली मञ्चका नेताहरु चन्द्रकुमारी गुरुङ, गोबिन्द पौडेल, राजेन्द्र पुडासैनी, सरस्वती केसी, हेमराज जोशी, सन्तोष भट्टराई, दिनेश घिमिरे, रामशरण सिम्खडा, राम सापकोटा र चिरन्जीवी खड्काले शुभकामना दिनुभएको थियो । भेलामा डा. नवराज रोशेरा, बाबुराम खतिवडा र केदार थपलियालगायतको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता ओएनएफ युरोपका सहसंयोजक चन्द्रकान्त आचार्यले गर्नुभएको थियो । भेलामा राष्ट्रिय कमिटी तर्फबाट विनोद न्यौपाने (बेल्जियम), ईश्वर देवकोटा (पोल्यान्ड), दिपक खत्री (पोर्चुगल), तिलक गजमेर (स्लोभेनिया), केशव पाण्डे (नेदरल्यान्ड) लगायत हुनुभएको थियो ।
भेलाका प्रमुख र विशेष अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रवासी नेपाली र संगठनको हितमा प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्