जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार २२:२०

फेसबुक-युटुवसहितसहित २६ सञ्जाल निष्क्रिय बनाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोशिएसनको निर्देशन


काठमाडौं, भदौ १९ । इन्टरनेट सर्भिस प्रोभाइडर एसोशिएसन अफ नेपालले नेपालमा सूचीकरण नभएका फेसबुक, युटुवसहित २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन इन्टरनेट सर्भिस प्रोभाइडरलाई निर्देशन दिएको छ ।

एसोशियसनले  विज्ञप्ति नै जारी गरेर यस्तो जानकारी दिएको हो । विज्ञप्ति जारी गर्दै सञ्चार मन्त्रालयको बिहीबारको निर्णयअनुसार प्रोभाइडरहरुलाई बन्द गराउन भनिएको एसोशिएसनले जनाएको छ ।

जसमा फेसबुक, मेसेन्जर, ह्वाट्सएपलगायत २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय गराउन भनेको छ ।