जनता टाइम्स

२० भाद्र २०८२, शुक्रबार १४:१७

०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन, धाँधली हुन दिँदैनौंः प्रधानमन्त्री ओली


काठमाडौं, २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताउनुभयो । उहाँले उक्त निर्वाचनमा आफूहरू पनि सरकारमै हुने भन्दै धाँधली हुन नदिने पनि ठोकुवा गर्नुभयो ।‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ ।

कम्तिमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताका बीचमा सक्रियतापूर्वक गयौं भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं,’ ओलीले भन्नुभयो। उहाँले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुने पनि बताउनुभयो । ‘हामी सरकारमा छौं । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौं । निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ,’ प्रधानमन्त्री समेत रहेका ओलीले भन्नुभयो । उहाँले यस्ता परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्न नेता कार्यकर्तालाई उहााले निर्देशन गनुभयो ।