विराटनगर, मंसिर ३
महानगरपालिकाले सडक निर्माणमा चासो नदेखाएको भन्दै विराटनगर–६ का स्थानीयले मेयर भीम पराजुलीको फोटो सडकको पोलमा टाँगेका छन्। कोसी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जाने बाटो निर्माण नभएपछि स्थानीयले मेयरको फोटो राखेर विरोध जनाएका हुन्। स्थानीयले ‘हाम्रो विराटनगर, राम्रो विराटनगर’ लेखिएको पोष्टर बिजुलीको पोलमा राखेका छन्। सडकमा धुलो उडेर आजित भएकाहरूले मंगलबार बिहान भद्र विरोध गर्दै पोलमा तस्बिर टाँगेको स्थानीय टेकेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाभित्र ढल तथा नाला निर्माण गर्ने गरी क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ। परियोजनाको काम समयमा नै सम्पन्न नहुँदा नगरबासीले समस्या भोग्दै आएका छन् । यसअघि भक्तपुरको नगरकोट र दोलखाको चरिकोटका स्थानीयले पनि सडक नबनाउने ठेकेदारका तस्बिर सवारी साधन र बिजुलीका पोलमा टाँसेका थिए।
प्रतिक्रिया दिनुहोस्