जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १६:५९

बिद्या भट्टराईप्रति ह्वात्तै बढ्यो मतदाताको आकर्षण, ‘छोरी तिमी जित्नैपर्छ’ भन्दै आए आमाहरु मैदानमा


कास्की, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बाट कास्की २ मा उम्मेद्वार बन्नुभएकी विद्या भट्टराई अधिकारीलाई जिताउन मतदाताले नै आह्वान गर्न थालेका छन । मत माग्दै मतदाताको घरदैलो अभियानमा रहनुभएकी नेतृ भट्टराईलाई तात्कालिन पर्यटनमन्त्री एवं कास्कीका बिकाशवादी नेता रवीन्द्र अधिकारीले अघि बढाएको योजना पूरा गर्दै समृद्ध कास्की निर्माणको लक्ष्य पूरा गर्न बिद्याको जीत अनिवार्य भन्दै मतदाता आफै मैदानमा उत्रिएका हुन ।

हरेकजसो टोलमा बिद्यालाई जिताउनु पर्छ भन्दै बिपक्षी कांग्रेस र साझादेखि अन्य दलमा आवद्ध मतदाता र कार्यकर्तासमेत लागेका हुन । यही क्रममा आज मुक्तिनाथ बिकाश बैंकमा बृद्धभत्ता बुझ्न आउनुभएका आमाहरुले बिद्यालाई जिताउनु पर्छ भन्दै कास्की दुईका मतदातालाई आ्हवान गर्नुभएको छ भने बिद्यालाई टोउकोमा हात राखेर बिजयको शुभकामना दिनुभएको छ ।

उहाँहरुले बिद्यालाई जिताएर पठाउनु कास्की २ का मतदाताको साझा दायित्व आमाहरुको आशिर्वाद ग्रहण गरेपछि बिद्याले आगामी दिनमापनि पार्टीसँग भनेर बृद्धभत्ता बढाउने प्रतिबद्धता जनाउनु भयो । सो अवसरमा बृद्धभत्ता बुझिरहेका बृद्ध बुबाआमाहरुले आफूलाई बृद्धभत्ता दिएर बाँच्ने आधार निर्माण गर्ने नेकपालाई नै यसपटक जिताउनका लागि विद्यालाई मतदान गर्ने बताउनु भयो ।

सवै धर्म समान

नेकपाकी उम्मेद्वार बिद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताउनु भएको छ । चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उहाँले धर्म, संस्कृति र संस्कारलाई साधै सम्मान गर्ने बताउनु भएको हो । रवीन्द्र अधिकारी सँधै धर्म र संस्कृतिको पक्षपाती भई त्यसको सुधारमा लगोको र आफूपनि उहाँको अनुयायी भएकाले त्यसप्रति सदैव सम्मान गर्ने गरेको बिद्याको भनाई छ ।

‘धर्म र संस्कृति समाजका अविछिन्न पाटाहरु हुन, तर यो समयसापेक्ष रुपमा परिमार्जित गर्न जरुरी छ,’ बिद्याको भनाई थियो । सो अवसरमा उहाँले गुप्तेश्वर महादेवमणी मन्दिरमा चलिरहेको अखण्ड भजन किर्तनमा सहभागि भई भक्तजनसँगै नाच्दै मत माग्नुभएको थियो । यसैबीच, छोरेपाटनमा आयोजित कोणसभामा बोल्दै नेकपाकी युवा नेतृ नवीना लामाले उम्मेद्वार विद्या सक्षम, योग्य र प्राज्ञिक व्यक्ति भएकाले उनी महिलाहरुको धरोहरको रुपमा रहेकाले महिलाको हक, अधिकार सुरक्षित गर्नका लागिपनि विद्यालाई जिताउनैपर्ने बताइन् ।

प्रतिनिधि सभाका सांसद तथा नेकपा नेता तिलक महतले सच्चा राष्ट्रबादी शक्ति नेकपा भएको बताए । उनले देशको सिमाना नेकपाबाहेक अन्य कुनैपनि शक्तिले नसक्ने भएकाले सीमाना रक्षाका लागि नेकपालाई जिताउनुपर्ने बताए । छोरेपाटनमा आयोजित कोणसभामा कांग्रेससहित विभिन्न दलका ४५ भन्दा बढी व्यक्तिहरु नेकपा प्रवेश गरेका छन् ।

यसैबीच, पोखरा वडा नम्बर ४ मा आदिवासी जनजाति निर्वाचन परिचालन समिति गठन भएको छ । नेकपा उम्मेद्वार विद्यालाई जिताउन राजकुमारी भुजेल ईञ्चार्ज र भक्त तामाङ संयोजक रहनेगरी ५१ सदस्यीय समिति बनेको हो । समितिले आदिवासी जनजातिको हक, अधिकार रक्षाका लागि विद्यालाई जिताउन अपिल गरेको छ ।

पोखरा २१ निर्मलपोखरीमा पनि नेकपाको घरदैलो जारी रहेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार निर्मलपोखरीको चिलाउने खर्क, बाँसपानी, महबारी, थाप्ले तिलाहार, फोक्सिङ, शिवालय क्षेत्रमा घरदैलो गर्दै अहिले कृष्तीको रातामाटा, पोखरेलथोक क्षेत्रमा घरदैलो जारी रहेको छ ।