काठमाडौं, मंसिर ३ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज भएको कुवेतसँग नेपाल १–० गोलले पराजित भएको छ । भूटानको थिम्पुस्थित चांलिमिथाङ रंगशालामा मंगलबार अपरान्ह भएको खेलमा नेपाल कुवेतसँग पराजीत भएको हो । आजको खेलमा कुवेतले मध्यान्तरअघि १ गोल गर्दै अग्रता लिएको थियो । यो खेल नेपालको पहिलो घरेलु खेल भएपनि दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि न्युट्रल भेन्युको रुपमा भुटानमा खेल्न भएको थियो ।
आजको खेलका लागि छनोटमा परेका चार नेपाली खेलाडी समावेश थिएनन्। भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीसहितका खेलाडी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बर्खास्त गरेको थियो।
विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलअन्तरले पराजित भएको थियो। विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ। नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको थियो भने अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्