जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १२:३३

सडक कालोपत्र नभएको बिरोधमा सडकमा उत्रिए बौद्ध-जोरपाटीका स्थानीयबासी


काठमाडौं, बैशाख २६

ठेकेदारको लापर्वाहीका कारण लामो समयसम्म बौद्ध–जोरपाटी सडकखण्डमा सडक कालोपत्रे नभएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन । उनीहरुले आजबाट सडकमा अवरोध गरी आन्दोलन थालेका हुन ।

छिटो कालोपत्रे हुनुपर्ने माग गर्दै व्यापारी र स्थानीय आन्दोलित भएका हुन । बिहीबार बिहानदेखि उनीहरुले सडक अवरुद्ध पारेका छन । तत्काल सडक कालोपत्रे गरी धुलो र हिलोमुक्त बनाउनुपर्ने आन्दोलित स्थानीयबासीको माग छ ।

बर्खा अगावै सडक कालोपत्रे नभए गत बर्ष भन्दा पनि बिजोग बेहोर्नु पर्ने र सडक सञ्चालन नै नहुने अवस्था रहेकोले चाँडो कालोपत्रे हुनुपर्ने भन्दै स्थानीयले आन्दोलन थालेका हुन ।