जनता टाइम्स

४ मंसिर २०७६, बुधबार ०८:४२

घुसलिदै गरेका वडाध्यक्षलाई जब अख्तियारले देख्यो


विराटनगर, मंसिर ४

मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको छ ।

अख्तियार, इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको हत्या आरोप लागेका वडा अध्यक्ष प्रदीप यादव फरार भएपछि साहलाई कार्यवाहक दिइएको थियो । विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा संलग्न यादवलाई जिल्ला अदालत मोरङले पक्राउ पुर्जी समेत जारी गरेको छ ।