काठमाडौं, मंसिर ४
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एंव सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथी कटाक्ष गर्नुभएको छ । आफ्नो क्षेत्रको चुनावी अभियानका क्रममा कांग्रेस हाल चालु अवस्थामा रहेका विकास निर्माणमा दावी गरेपछि उहाले त्यसको जवाफ दिनु भएको हो ।
भक्तपुर–१ (ख) को उपनिर्वाचनका क्रममा कांग्रेसका नेताहरुले त्यहा भईरहेका विकास निर्माण सांसद बस्नेतको कारण नभई कांग्रेसका कारण भएको प्रचार गर्दै हिडेका छन् । उहाले त्यसको जवाफ जनताकै माझमा पुगेर दिनु भएको हो । सांसद बस्नेतले कांग्रेस विकास त गर्न जान्दैन–जान्दैन, ढाट्न समेत नजान्ने रहेको बताउनु भयो ।
चुनावी प्रचार प्रसारका क्रममा चाँगुनारायण नगरपालिका–५ छालिङ्गमा निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रममो बोल्दै सांसद बस्नेतले झुटको खेती नगरी जनताको आखाँमा करिङ्गर हाल्ने प्रयास नगर्न कांग्रेसलाई चेतावनी समेत दिनुभयो । उहाँले भक्तपुरमा आफ्नो नेतृत्व तथा नेकपाको नेतृत्वले गरेका विकासलाई कांग्रेसले हामीले गरेको भन्दै जनताको माझ छुटको खेती गरिरहेको उल्लेख गर्दै विकास निर्माणका आयोजनाको बारेमा समेत कांग्रेसलाई वास्तविक जानकारी नभएको उल्लेख गर्नुभयो ।
‘सुडालमा आएर कांग्रेसका नेताले सुडालको ३५ करोडको सडक हामीले पो ल्याएको । नेकपाले झुट बोल्यो, महेश बस्नेतले झुट वोल्यो भन्नुभएछ । जनताले कहाँबाट ल्याउनुभयो ? भनि प्रश्न गर्दा हाम्रो रमेश लेखक भौतिक योजनामन्त्री हुँदा ल्याएको भनि उत्तर दिनुभएछ । विचरा कांग्रेस ! सूचनाको कति धेरै अभाव छ कांग्रेसमा ? उक्त सडकको लागि प्राप्त बजेट भौतिक योजना मन्त्रालयबाट नभई संघिय सरकार स्थानीय विकास मन्त्रालयबाट आएको डोलिडारको रकम हो’, सांसद बस्नेतले भन्नुभयो ।
त्यस्तै कांग्रेसले हनुमन्ती कोरिडोर समेत प्रकाशमान सिंह उपप्रधानमन्त्री भएको समयमा शुरु भएको भनि भ्रमको खेती गरिरहेको उल्लख गर्दै उहाँले भन्नुभयो, ‘प्रकाशमान सिंह उपप्रधानमन्त्री तथा म उद्योगमन्त्री भएको समयमा प्रस्ताव गरिएको हो । जसमा सिंहको हनुमन्ते नदीको कोरिडोर निर्माणको लागि सहयोग र सद्भाव रहेको तर उहाँका कुनै पनि पहल छैन । संघिय स्थानीय विकास मन्त्रालयबाट नभई शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट हो र उच्च स्तरिय बागमती सभ्यताबाट परेको बजेट हो । त्यसैले जनतामा कांग्रेसले भ्रमको खेती नगरोस् । आयोजनाको वारेमा कांग्रेस वास्तविक सूचनाको जानकार होस् ।’
जनताको विकास प्रतिको चाहना पुरा गर्न भक्तपुरको एउटैमात्र विकल्प महेश बस्नेत र डिपी ढकाल रहेको उल्लेख गर्दै उहाँले भक्तपुरमा नेकपाको नेतृत्वले विकासको लहर र भक्तपुरको मुहार फेर्ने उद्घोष समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्