जनता टाइम्स

४ मंसिर २०७६, बुधबार १५:२३

बिद्या भट्टराईको सार्वजनिक घोषणा : रवीन्द्र अधिकारीले अघि बढाउनु भएको सबै योजना पूरा गरेरै छाडछु


पोखरा, ४ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कास्की–२ मा उम्मेद्वार हरनुभएकी विद्या भट्टराई अधिकारीले आफ्ना पति तथा कास्कीका बिकाशप्रेमी नेता रवीन्द्र अधिकारीले अघि बढाएको सवै योजन ापूरा गरेरै छाडने सार्वजनिक घोषणा गर्नुभएको छ ।

कास्कीको बिकाशमा निरन्तर लाग्नुभएका नेता अधिकारीले अघि बढाउनु भएको योजनाहरु कतिपय कार्यान्वयनको चरणमा रहेको, कतिपय कार्यान्वयन हुन बाँकी रहेको र कतिपय अलपत्र परेको तथ्य राख्दै बिद्याले ती सवै काम पूरा गरेरै छाडने घोषणा गर्नुभएको हो । ‘पोखराको विकासमा रवीन्द्र अधिकारीको ठूलो योगदान छ, उहाँको नेतृत्वमा अघि बढेका कयौं योजनाहरुको कार्यान्वयन भइरहेका छन्, कयौं अझै बाँकी छन् त केहि अलपत्र पनि होलान्, ति सबै योजनाहरु पूरा गर्नका लागि म उम्मेद्वार बनेकी हुँ, म ति अधुरा योजनाहरु पूरा गरेरै छाड्छु,’ चुनावी घरदैलोका क्रममा आफ्ना पति स्वर्गीय रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुग्नुभएकी नेतृ बिद्याले भन्नुभयो ।

चुनावी अभियानको क्रममा आज उहाँ तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै विकास र समृद्धीको यात्राको महाअभियानमा आफू त्यसको सारथी बन्ने बताउनु भयो । उहाँले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने घोषणा पनि गर्नुभयो । ‘नेकपाको नेतृत्वमा अहिले देशको विकास र समृद्धीको महाअभियान शुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘यो महाअभियानलाई सफल बनाउने जिम्मा तपाईं हाम्रै हो, म यो अभियानको सारथी बन्न चाहन्छु ।’

कार्यक्रममा बोल्दै नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको भन्दै रवीन्द्रको नेतृत्वमा नेकपाले अघि सारेका योजना तथा अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आफू पनि भरतपोखरी क्षेत्रको जनप्रतिनिधि भएको बताउँदै अब विद्यासँग सहकार्य गरेर विकाको मूल फुटाउँदै समृद्धीको यात्रामा अघि बढ्ने बताउनु भयो । पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले रवीन्द्रको योजना अनुसारै वडाले विकासका कामहरु गरिरहेको बताउनु भयो । युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का वडा अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुन लगायतले नेकपाको नेतृत्वमा समृद्धीको यात्रा पूरा गर्न विद्यालाई जिताउनु पर्ने तथ्य राख्नुभएको थियो ।

पती रवीन्द्रको गाउँ भरत पोखरीमा चुनावी घरदैलोमा पुगेकी रवीन्द्र पत्नी विद्या भट्टराई अधिकारीलाई घरघरमा पानीको घडा राखेर स्वागत गरेका थिए । रवीन्द्रलाई ३/३ पटक जिताएका भरतपोखरीबासीले उनकै पत्नी विद्या उम्मेद्वार बनेर गएपछि उहाँलाई स्वागत गर्न मानव सागर उर्लिएको थियो । मतदाताहरुले विद्यालाई खुट्टा नकमाई अघि बढ्न ढाडस दिदै जिताएरै छाड्ने बाचासमेत गरेका छन । साथै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको सवालमा देखाएको अडानको उच्च प्रशंसा गर्दै राष्ट्रियता डगमगाउन नदिई अघि बढ्न सुझावसहित विद्या भोट दिने बताएका थिए ।

स्वर्गिय पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सहीद तुलराज आचार्य र पशुपती भुँगाईको तस्वीरमा माल्यार्पण गरी भरतपोखरीमा घरदैलो शुरु गरेकी विद्याले आज दिनभर सोही क्षेत्रमा चुनावी अभियान अघि बढाउनु हुनेछ ।