काठमाडौं, भदौ ३० । संयुक्त अरब इमिरेट्स (युएई) ले सोमबारदेखि नेपालीलाई भिजिट भिसा जारी गर्न रोक लगाएको छ ।
नेपालमा आतंक मच्चाउने घटना भएपछि युएईले सोमवारबाट अस्थायी रूपमा भिजिट भिसा जारी गर्न रोकेको हो । युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन भने छाडेको छ । आवेदन पेस गर्ने बेला युएईले नेपालीको लागि अस्थायी रूपमा आवेदन लिन रोकेको सूचना दिन थालेको छ ।
भदौ २४ गतेको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने र जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि युएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो । नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश युएई हो । भदौ २४ गते जेलबाट कैदी निकालिएको र आतंककारी जस्तो आक्रमण भएको घटनाले यस्तो निर्णय लिइएको बताइएको छ ।
पछिल्लो समयमा भिजिट भिसा लिई रोजगारी खोज्न जाने नेपालीको संख्या निकै छ । युएईमा भिजिट भिसामार्फत रोजगारी भिसामा परिवर्तन गर्ने नेपालीको संख्या तीन लाख रहेका छन भने हाल ८ लाख नेपाली कार्यरत छन ।













प्रतिक्रिया दिनुहोस्