जनता टाइम्स

४ मंसिर २०७६, बुधबार २०:१५

भोजपुरमा लुगा धुँदै गरेकी महिलाको दुवै स्तन काटिदिए


भोजपुर, मंसिर ४ । जिल्लाको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् ।

बुधबार दिउँसो स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी ३० वर्षीया एक महिलाको मकुण्डोधारी २ जनाको समूहले स्तन काटेर भागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिनुभयो । कपडा धोइरहेकी ती महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर मुकुण्डाधारी भागेको डीएसपी मगरले जानकारी दिनुभयो ।

प्राथमिक उपचार केन्द्र दिङ्लामा उपचार हुन नसकेपछि महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको डीएसपी मगरले बताउनुभएको छ । घटनामा संलग्न समूहको तीव्र रुपमा खोजी भैरहेको उहाँले बताउनुभयो ।