काठमाडौं, ३ असोज । जेन-जी प्रदर्शनकारीको आक्रमणमा परेका काँग्रेस सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले देउवाको टाउकोमा १२ टाँका लगाइएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका हुन् ।
‘हामी सुरुमा अतालिएका थियौँ। उहाँहरूको अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ,उनले भने, ‘उहाँ (देउवा)को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ।निको हुँदै गएको छ।’













प्रतिक्रिया दिनुहोस्