जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार ०९:३०

मन्त्रीका आकांक्षी प्रभु शाह भन्नुहुन्छ – फेरी एकचोटी लजित भए


काठमाडौं, मंसिर ५

नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वमन्त्री प्रभु शाहले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा असहमति प्रकट गर्नुभएको छ । मन्त्री बन्न पटक पटक लविङ गर्दै आउनु भएका शाह नपरेपछि उहाले सामाजिक सञ्जालबाट लजित भएको बताउनु भएको हो ।

अध्यक्ष पुष्पकमल दाहालसँग भेटगरी आफुलाई मन्त्रीमा सिफारिस गर्न उहाले पटक पटक आग्रह गरेपनि पर्नुभएन । त्यसपछि सामाजिक सञ्जालमा योग्यहरुलाई हटाउने र अयोग्यलाई मन्त्री बनाइएको भन्दै दुखेसो पोख्नु भएको हो । यद्यपी उहाले कसलाई योग्य र कसलाई अयोग्य भनेर खुलाउनु भएको छैन ।

‘कार्यसम्पादन को आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो ।मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लजित भएकाछौ’, उहाले लेख्नु भएको छ ।