जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १०:३९

पूर्व श्रममन्त्री विष्ट भन्नुहुन्छ – प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु


काठमाडौं, मंसिर ५

पूर्वश्रममन्त्री गोकर्ण विष्टले अहिलेसम्म मन्त्रालयमा काम गर्न दिएको खुशी व्यक्त गर्नुभएको छ । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञ रहेको समेत बताउनु भएको छ ।

मन्त्रीबाट हटेको भोलीपल्ट सामाजिक सञ्जालबाट एक सन्देश दिदै मन्त्री हुँदासम्म वैदेशिक रोजगारीको नाममा ठगीएका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताउनु भएको छ । उहाले अझै थप उर्जा र प्रेरणा मिलेको भन्दै मन्त्रीको रुपमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीप्रति कृतज्ञ रहेको समेत बताउनु भयो ।

यस्तो छ उहाको सन्देश

जति दिन श्रममन्त्रीको रुपमा रहेँ । वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु । थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !