काठमाडौं, असोज ५। बाढी र पहिरोका कारण मुलकुभरका आधा दर्जनभन्दा बढी राजमार्गहरू अवरुद्ध भएका छन् ।
तुइनखोलामा पहिरो गएर सडक अवरुद्ध हुँदा नारायणगढ मुग्लिङसडकसहित देशभरका ७ वटा मुख्य राजमार्ग अवरुद्ध भएका हुन । प्रहरीका अनुसार कोशीमा संखुवासभाको भोटखोला ४ वरुण र मकालु ३ एकुवामा अवरुद्ध भएको छ ।
यस्तै बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड २ नेपाल चीन जोड्ने पुल नहुँदा बन्द रहेको छ । उत्तरगया ५ नौविसेमा सडक एकतर्फी सञ्चालनमा छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी २ कोदारीमा पहिरोले बाटो अवरुद्ध रहेको छ ।
यसैगरी म्याग्दीको बेनी ४ घुमाउने भीरमा पूर्णरुपमा सडक अवरुद्ध हुँदा नवलपरासी पूर्वको गैँडाको ३ तरङ्खोला विनयी त्रिवेणी २ विश्वकर्मा मन्दिर पैसठ्ठी मोडमा एकतर्फी रुपमा बाटो सञ्चालनमा छ ।
जाजरकोटको नलगाड ११ भिरकुनामा पनि बाटो पूर्ण रुपमा अवरुद्ध छ भने रुकुमपूर्व भुमे ४ काँडाबगर र तानसेनको धोविधारामा सडक एकतर्फी सञ्चालनमा रहेको छ । नेपाल प्रहरीले सडक बन्द रहेको भन्दै यात्रा गर्नुअघि आवश्यक सूचना लिन बिशेष आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्