जनता टाइम्स

५ आश्विन २०८२, आईतवार १७:५८

जेनजी आन्दोलनमा रबि लामिछानेसँगै नख्खु कारागारबाट भगाइका कैदीले गरे श्रीमतीकै हत्या


काभ्रेपलाञ्चोक, असोज ५ । जेनजी आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रबि लामिछानेसँगै नख्खु कारागारबाट भगाइएका कैदीले घर पुगेर आफ्नै श्रीमतीको हत्या गरेका छन ।

रबि लामिछानेसँगै भागेका काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३६ बर्षीय सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका हुन । पनौती १२ का वडाध्यक्ष जयराम केसीले सन्तबहादुरले पत्नीको हत्या गरेको पुष्टि गर्नुभएको हो ।

सन्तबहादुरलाई जेन्जी आन्दोलनका क्रममा रास्वपाका प्रवक्ता मनिष झाको नेतृत्वमा गएको समुहले नख्खु कारागारबाट भगाउने काम गरेको थियो । रबि निकाल्न भन्दै यूटुवरदेखि रास्वपाका नेता कार्यकर्ताहरू भदौ २४ गते नख्खु कारागार पुगेर रबिसहित त्यहाँ राखिएका जघन्य अपराधका अपराधीहरूलाई भगाएका थिए ।

रबिसँगै जेलबाट भागेका सन्तबहादुर जवरजस्ती करणीमा जेल परेका थिए । हत्यापछि तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।

नख्खु कारागारबाट भगाइएका अपराधीहरूलाई रास्वपाका नेतादेखि कार्यकर्तासम्मले रबि दाईको कारण जेलमुक्त भएका हौं, २०८४ को चुनावमा घण्टीमा भोट हाल्न है भन्दै पठाएको भिडियोसमेत सार्वजनिक भइसकेको छ । रास्वपाले जेलबाट अपराधी भगाउने योजना बनाएरै नख्खु कारागारमा आक्रमण गरी अपराधी भगाएपछि देशभरका कारागारबाट अपराधी निस्केको थिए ।