काठमाडौं, असोज ७ । आगामी फागुन २१ गते मध्यावधी चुनाव गराउन गठित अन्तरिम सरकारले गृहसहित तीन जना सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत तीन सचिवको सरुवा गरेको हो ।
मनित्रपरिषदले रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ भने गृहका सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा हुत्याएको छ । दुवाडीले तत्कालिन गृहमन्त्री रमेश लेखक जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको थियो ।
दुवाडी करिव २ महिनापछि आागमी मंसिर १० मा ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जादैँ हुनुहुन्छ । यस्तै, योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
दंगाल एक वर्ष अघि २०८१ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवबाट सरुवा भएर रक्षा मन्त्रालयको सचिवको जिम्मेवारीमा आउनु भएको थियो । योजना आयोगका सचिव अर्यालको भने एक वर्षको अवधिमा ४ पटक सरुवा भएको छ । उहाँ ६ महिना अघि मात्रै योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्