काठमाडौं, असोज ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनमा आफ्नो दलको नेता–कार्यकर्ता सहभागी भएको भन्दै तोडफोड र आगजनीमा संलग्नता स्वीकार गरेको छ ।
जेनजी आन्दोलनमा रास्वपाका नेता–कार्यकर्ता घुसेर जेलबाट कैदीबन्दी भगाउनेदेखि आगजनीसम्मका घटना भएको तस्विर बाहिर आएपछि रास्वपाले आन्दोलनमा सहभागिता रहेको भन्दै आततायी घटनालाई राजनीतिकरण गर्ने प्रयाश गरेको हो ।
रास्वपाका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा आफ्नो पार्टीको सहभागिता रहेको स्वीकार गर्नुभयो । जेनजी आन्दोलनमा बितण्डा मच्चाएर हर्कत गर्दै नख्खु कारागार तोडेर सभापति रबि लामिछानेसँगै मुलुकभरका १७ हजार अपराधी भगाएको आरोप रास्वपामाथि छ ।
सो बिषयमा प्रष्टिकरण दिँदै केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाले आन्दोलनमा सहभागीता रहेको बताउनु भयो । झाले पार्टीको झन्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको समेत बताए ।
पूर्वकेन्द्रीय सदस्य सुमन श्रेष्ठ, केन्द्रीय सदस्यहरू गणेश कार्की, कान्तिशिखा लगायतको आन्दोलनमा सक्रिय भूमिका रहेको दाबी पनि उहाँले गर्नुभयो । तुलनात्मक रूपमा जेनजी आन्दोलनमा सबैभन्दा बढी रास्वपाका कार्यकर्ताहरू सहभागी भएको झाको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्