जनता टाइम्स

८ आश्विन २०८२, बुधबार १५:३२

सञ्चारमन्त्री जगदीश खरेलमाथि खनिए हर्क साम्पाङ


काठमाडौं, असोज ८ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलमाथि खनिनुभएको छ । अन्तरिम सरकारका सञ्चारमन्त्री खरेलले योजनाबिना सस्तो लोकप्रियताका लागि हावामा निर्णय लिएको भन्दै साम्पाङ खनिनु भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पाङले खरेलले मन्त्री भएपछि गरेको पहिलो निर्णयको औचित्यमाथि प्रश्न गर्नुभएको छ । ‘सूचना तथा सञ्चार मन्त्रीले वाइफाइ वितरण गर्ने निर्णय होइन हाम्रो सरकारी सञ्चार प्रणाली सूत्रको सर्भर छिटो गराउनुपर्छ१ सरकारी प्रणाली चौपट छ, हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको छ १’ सम्पाङले लेख्नुभएको छ ।

मन्त्री भएपछि खरेलले पदबहालीकै क्रममा देशका १० ठूला सहरमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने निर्णय लिनुभएको थियो । मेयर साम्पाङले सोही निर्णयलाई लिएर प्रश्न उठाउँदै हावादारी निर्णय भन्नुभएको हो ।

प्रमुख शहरहरूमा यसअघि नै वल्डलिंकले निःशुल्क वाइफाइको ब्यवस्था गरिसकेको भएपनि मन्त्री खरेलले प्रमुख शहरमा निशुल्क इन्टरनेटको निर्णय गरेर हावादारी काम गरेको हर्कको आरोप छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतीय दूतावासको योजनाअनुसार मन्त्री बनाएको भन्दै सार्वजनिक आरोप लगाउँदै आउनु भएका मेयर हर्कले मन्त्रीका रुपमा सञ्चारमन्त्रीलाई पहिलो निशाना बनाउनु भएको छ ।