जनता टाइम्स

९ आश्विन २०८२, बिहीबार १३:३४

विशेष महाधिवेशनबाट प्रचण्डलाई बिदा गरिन्छ : वर्षमान पुन


काठमाडौं, असोज ९ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अव पार्टीमा प्रचण्डको विकल्प खोज्ने प्रष्ट पार्नुभएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ भूमिकामा बस्ने भनेर जानकारी गराइसकेकोले पनि अव महाधिवेशनबाट बिदा गर्ने पुनले प्रष्ट पार्नुभयो । बिहीबार केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले प्रचण्ड आफैँले पुराना पदाधिकारी संरक्षक बसौँ भनेर प्रस्ताव गरेको बताउनु भयो ।

‘अध्यक्ष कमरेडले म नयाँ भूमिकामा बस्छु, विधि बनाएर नयाँ पुस्ताले नेतृत्व गरोस् भन्नुभएको छ,’ पुनले भन्नुभयो, ‘विशेष महाधिवेशनले प्रचण्डलाई बिदा गरेर नयाँ नेतृत्वको टुङ्गो लगाउँछ ।’ उहाँले सबै कमिटी भङ्ग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गर्न माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको जानकारी पनि दिनुभयो ।