काठमाडौं, असोज ११ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेगरी आह्वान गरिएको हाे ।
बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ। जेनजी आन्दोलनपछि कांग्रेसले पहिलोपटक औपचारिक बैठक बोलाएको हो।
बैठकलाई आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीभित्रको मूल्यांकन र आगामी रणनीतिका दृष्टिले महत्वपूर्ण मानिएको छ।














प्रतिक्रिया दिनुहोस्