जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार ०९:२०

‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्रा


काठमाडौं, मंसिर ६

पर्यटनमन्त्री योगेश भट्टराईले चारदिन हुने ‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्राको सुरूवात गर्नुभएको छ । शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट उहाले साइकल यात्राको उद्घाटन गर्नुभएको हो । साइकल चढेर उहाले यात्राको सुरूवात गर्नुभयो ।

समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष उल्लेख्य सहभागिता रहेको छ । ‘राइड थ्रु सिन्धुलीगढी’की संयोजक दीपिका ज्ञवालीका अनुसार साइकल यात्रामा १८ जना महिला र १४८ जना पुरुष गरेर कुल १६७ जना साइकलयात्री र सहयोगीसँगै २०४ जनाको सहभागिता रहेको छ ।

यस वर्ष संयुक्त राष्ट्र संघ र ब्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको सम्पूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिनुभयो ।