जनता टाइम्स

२१ आश्विन २०८२, मंगलवार ०७:२३

आईसीसी टी–२० विश्वकप: नेपालीले कतारलाई १६ रनले पराजित गर्‍यो


काठमाडौँ, २१ असोज ।  काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा पनि नेपाली क्रिकेट टोली विजयी भएको छ।

सोमबार राँझ सम्पन्न भएको खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाएको थियो।

यसअघि नेपालले पहिलो वार्म अप खेलमा ओमानलाई पराजित गरेको थियो।