जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार १५:५०

साँखु प्रहरीले फिल्मी सैलीमा समात्यो लागूऔषध कारोवारी


काठमाडौं, मंसिर ६ । साँखु प्रहरीले फिल्मी शैलीमा लागूऔषध कारोवारीलाई पक्राउ गरेको छ । साँखुका प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई आएको गोप्य सूचनाको आधारमा तत्कालै एक्शनमा जाँदा लागू औषध कारोवारी समातिएका हुन ।

प्रहरी निरीक्षक पन्थीले आफूलाइृ आएको ठुलै मात्रामा चरेस को कारोबार हुँदै छ भन्ने सूचनालगत्तै प्रहरी खटाएर लागू औषध कारोवारीको पहिचान भई समातिएको हुन । प्रहरी टोलीका एक सदस्यले जनताटाइम्सलाई दिएको जानकारी अनुसार सूचनालगत्तै खटिएको टोलीले कारोबारीमा संलग्न ब्यक्तिको पहिचान गर्छ । साँखु इन्द्रेणी चोकमा समान उपलब्ध गराउने योजना बनाइरहेको कारोबारीले त्यस ठाउमा उनले चढेको बा ९६ प ९८५३ नम्बर को बाइक नरोकिएपछि प्रहरी टोलि फलो गर्दै माकलवारी पुग्छ ।

त्यस स्थानमा निरीक्षक पन्थी टोलीलाई फलो गराउदै पुग्छ्न र भारत बेतिया घर बताउने राकेश शाहले आफ्नो मोटर साइकल रोक्नसाथ निजको खान तलासी लिदा निजको साथबाट अन्दाजी १ किलो लागुऔषध बरामद भएको छ । केही समय पहिला साँखु प्रहरी ले १७ बर्ष देखि कर्तब्य ज्यानमा फरार भएका एक ब्यक्ति लाई पक्राउ गरेको थियो।यसै गरि शाखु प्रहरीले उल्लेखनीय कार्य गरी स्थानीयको वाहवाही पाउँदै आएको छ।