भक्तपुर, असोज २३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ।
पार्टीको जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको उक्त कार्यक्रम सूर्यविनायक नगरपालिका–७, गुण्डुमा सम्पन्न हुँदै छ। ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्नुका साथै नेता–कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि मार्गनिर्देशन प्रदान गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ।
कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेललगायत केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयाे ।

अध्यक्ष ओलीको आजको सम्बोधनले हालै देशभर देखा परेका राजनीतिक घटनाक्रम, राजनीतिक दलका नेता माथि भइरहेको सरकारी धरपकड प्राेपाेगाण्डा, आसन्न राजनीतिक अभियानबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ। पार्टीका स्थानीय कार्यकर्ता र जनसमर्थकहरू कार्यक्रम स्थलमा ठुलो सङ्ख्यामा सहभागी हुने तयारीमा रहेको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्