काठमाडौं, असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवासमा रहेका नेपालीहरूसँग सुझाव लिनुभएको छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको भर्चुअल बैठकमा अध्यक्ष ओलीले विश्वभर छरिएर रहेका प्रवासी नेताहरूसँग सुझाव लिनुका साथै पछिल्लो राजनीतिक अवस्थाबारे सविस्तार जानकारी गराउनु भएको उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो ।
ओएनएफ उपसचिव तथा प्रचार विभाग प्रमुख पोखरेलका अनुसार सुझाव लिएपछि सम्बोधनको क्रममा ओलीले नेपालमा समृद्धि रोकेर देश बरबाद बनाउने योजनाका जेनजी आन्दोलनमा घुसेर बिदेसी एजेण्टहरुले देश खरानी बनाउने काम गरेको तथ्य राख्नुभएको छ ।
ओएनएफका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा विश्वभरका गरी करिब ३ सय भन्दा बढी प्रवासी नेपाली मञ्चका नेताहरू सहभागी थिए । बैठकमा अन्तर्राष्ट्रिय कमिटी, महादेश कमिटी र राष्ट्रिय कमिटीका नेताहरू सहभागी भएका छन् ।
सो क्रममा ओएनएफका नेताहरूले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब पनि अघि बढ्नुपर्ने भन्दै दह्रो साथ रहने बताएको उपसचिव पोखरेलले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्