जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार २२:१४

सचिवालय बैठकमा अध्यक्ष ओलीले गरे महेश बस्नेतको खुलेरै प्रसंशा


भक्तपुर, असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य महेश बस्नेतको खुलेर प्रशंसा गर्नुभएको छ ।

पार्टीलाई संकट पर्दा एक्लै भए पनि बोलेर अनि भिडेर महेश बस्नेतले आफूलाई बहादुर नेताको दर्जामा पुर्याएको भन्दै अध्यक्ष ओलीले प्रसंशा गर्नुभएको हो । शुक्रवारबाट सुरु भएको सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महेश बस्नेतको प्रशंग प्रवेश गराएपछि अध्यक्ष ओलीले खुलेरै प्रसंशा गर्नुभयो ।

बस्नेतले सार्वजनिक रुपमा बोलिरहेको कुराले पार्टीलाई फाइदा नहुने तर्क उपाध्यक्ष शाक्यले गर्नुभएको थियो । उपाध्यक्ष शाक्यको भनाईलाई अध्यक्ष ओलीले सच्याउनु भएको हो । ‘पार्टी अप्ठ्यारो पर्दा, संकट पर्दा अरु नबोल्ने रहेछन । पार्टीभित्रै उनै महेश एउटा बहादुर रहेछन् । उही बोल्छ्, उसैले काम गर्छ,’ अध्यक्ष ओलीले भनाई उधृत गर्दै सचिवालयका एक सदस्यले भने ।

ती नेताका अनुसार अध्यक्ष ओलीले महेशको जति हिम्मत नेता अरु पनि भइदिएको भए पार्टी अर्कै बनिसक्ने रहेछ भन्ने धारणासमेत राख्नुभएको छ ।